२३ असार २०८३, मंगलबार

मानव अपहरणको मुद्दा लागेका व्यक्तिलाई प्रशासन कार्यालयबाट हतियार राख्ने अनुमति

मानव अपहरणको मुद्दा लागेका व्यक्तिलाई प्रशासन कार्यालयबाट हतियार राख्ने अनुमति

काठमाडौं, १२ असार– जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले मानव अपहरण तथा वन्यजन्तुका अंगहरुको तस्करीसम्बन्धी मुद्दा लागेका व्यक्तिलाई हतियार राख्ने अनुमति दिएको खुलेको छ । 

मकवानपुरको हेटौंडा घर भइ ललितपुरको भनिमण्डल बस्ने महेश बहादुर सिंहलाई जिल्ला प्रशासन कार्यालय काठमाडौं र लतिलपुरले विभिन्न किसिमका ६ थान हतियार राख्ने अनुमति दिएको खुलेको हो । 

प्रशासन कार्यालयको अनुमतिबाट हतियार लिएका सिंहले हतियारको दुरुपयोग गरी विभिन्न अपराधिक कार्य गर्ने गरेको घटना सार्वजनिक भएपछि उनलाई काठमाडौं र ललितपुर प्रशासनले हतियार राख्ने अनुमति दिएको खुलेको हो । 

हातहतियार तथा खरखजाना ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट हतियार लिएका सिंहले हतियार देखाएर विभिन्न व्यक्तिलाई त्रासमा पार्ने, ठेक्का कब्जा गने, पैसा कर्जा दिएर चर्को ब्याज असुल्ने कार्य गर्ने गरेको पाइएको हो । 

महानगरीय प्रहरी अपराध महाशाखाले गरेको अनुसन्धानअनुसार प्रशासनबाट अनुमति प्राप्त गरी हतियार राखेका सिंहले चर्को ब्याजमा पैसा असुल्ने तथा ठगी तथा अपहरण गर्ने गरेको पनि भेटिएको छ । 

प्रहरीले गरेको अनुसन्धानका आधारमा उनले राखेको हतियारबाट सर्वसाधारणहरु त्रसित भएको र कुनैपनि बेला अपराधिक घटना घट्न सक्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले उनलाई दिएको हतियार राख्ने अनुमति खारेज गरेको जनाइएकाे छ । 

प्रहरीले उनीसँग रहेका हतियार समेत जफत गरेको छ । प्रहरीले उनको साथबाट ४ थान २२ बोर राइफल, २ थान १२ बोर सटगन र १३६ राउण्ड गोली जफत गरेको जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्