०२ असार २०८३, मंगलबार

निर्वाचनमा सघाउन प्रधानमन्त्री

कात्तिक २०, २०७४
निर्वाचनमा सघाउन प्रधानमन्त्री
काठमाडौँ, २ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विगत ७० वर्षदेखिका जनक्रान्ति तथा जनआन्दोलनको उपलब्धिको रक्षार्थ संविधान कार्यान्वयनको विकल्प नभएको बताएका छन्।

छैटौं विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (एकोर्‍याव)ले सोमबार आयोजना गरेको कार्यक्रममा उनले संविधान कार्यान्वनका लागि आगामी माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्ने कार्यमा सघाउन सबैसँग आग्रह गरे ।


प्रधानमन्त्री प्रचण्डले भने, “आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने कार्यमा सरकार लागेको छ, निर्वाचनलाई ‘मिसन’का रुपमा अगाडि बढाउन सम्पूर्ण रेडियोकर्मीलाई अपिल गर्दछु।” संविधानअनुसार निर्वाचन गराउन नसकेको अवस्थामा राजनीतिक अराजकता आउने सक्ने भन्दै उहाँले संविधानको कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको बताए।

विविधतालाई एकतामा केन्द्रित पनि सरकारको पहिलो प्राथमिकता निर्वाचन भएको बताउँदै प्रधानमन्त्री दाहालले भने, “सरकार, एक पार्टी वा व्यक्तिले मात्र निर्वाचन गर्न सक्दैन, यसमा सबैको सामूहिक पहल कदमी जरुरी छ।”

सिंहदरबारको सूचनालाई टोलटोलमा लैजान रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले दुर्गम गाउँमा महिला तथा दलितले सञ्चालन गरेका रेडियोलाई राज्यले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले ग्रामीण समुदायलाई सूचना तथा सन्देश प्रवाह गर्ने सामुदायिक रेडियोको दिगो विकासका लागि सहयोग गर्न निर्देशन दिए।उनले रेडियोको भूमिका बढ्दै गएकाले गुणस्तरीय विषयवस्तु उत्पादन गर्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारीले रेडियोको प्रभावकारिता अन्य सञ्चार माध्यमको भन्दा बढी हुने भएकाले यसको दिगो संरक्षणमा लाग्नुपर्ने बताए।

एकोर्‍याबका अध्यक्ष सुवास खतिवडाले दिगो विकासका लागि सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका भएको उल्लेख गरे।

सामुदायिक रेडियोको विश्व सङ्गठन(अमार्क)का उपाध्यक्ष मीनबहादुर शाहीले समाज परिवर्तनको आन्दोलनमा रेडियो अग्रस्थानमा भएको भन्दै यस क्षेत्रको विकासका राज्यको ध्यान जानुपर्ने बताए।

मुलुकभर ३१५ वटा सामुदायिक रेडियो सञ्चालन भएका छन्। सामुदायिक रेडियोले विभिन्न ७० वटा भाषामा समाचार तथा सन्देशमूलक कार्यक्रम सञ्चालन गर्दै अएका छन् । कार्यक्रममा एकीकृत नमुना मुसहर बस्तीका मुसहरलाई ५२ वटा रेडियो प्रदान गरिएको थियो। रासस

salt training

कमेन्ट गर्नुहोस्