०७ असार २०८३, आइतबार

हिज्बुल्लाहको हतियार भण्डारलाई लक्षित गरेर दमासकस विमानस्थलनजिकै इजरायली क्षेप्यास्त्र

हिज्बुल्लाहको हतियार भण्डारलाई लक्षित गरेर दमासकस विमानस्थलनजिकै इजरायली क्षेप्यास्त्र

दमासकस, १२ असार-  सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मङ्गलबार विहान सबेरै दुई वटा क्षेप्यास्त्र हानिएको खबर छ । 

ती क्षेप्यास्त्र इजरायलले हानेको सिरियाली सरकारी सञ्चारमाध्यमले मङ्गलबार सो जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ । 

सिरियाको सरकारी समाचार समिति सानाले मङ्गलबार दमासकस अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इजरायलले दुइ वटा क्षेप्यास्त्र आक्रमण गरेको जानकारी दिएको छ । 

मानवअधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्देल रहमानले एएफपी समाचार समितिलाई विमानस्थलनजिकै रहेको हिज्बुल्लाहहरुको सशस्त्र हातहतियार भण्डार गरिएको स्थानलाई लक्षित गरेर यो क्षेप्यास्त्र आक्रमण भएको बताउनुभएको छ । 

मङ्गलबार मध्याह्न विनाकारण गरिएको यो क्षेप्यास्त्र आक्रमणले उक्त हातहतियार भण्डार केन्द्रलाई लक्षित गरेको पनि रामीले दमासकसस्थित विदेशी सञ्चारमाध्यमका समाचारदाताहरुलाई बताउनुभएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्