२६ असार २०८३, शुक्रबार

होटल विवादमा नेउवा संघका पूर्व अध्यक्ष, भन्छन्, ‘षडयन्त्र भयो’

होटल विवादमा नेउवा संघका पूर्व अध्यक्ष, भन्छन्, ‘षडयन्त्र भयो’

काठमाडौं, १२ असार-नेपाल उद्योग वाणिज्य संघ भक्तपूरका पूर्व अध्यक्ष कृष्णप्रसाद ताम्राकार विवादमा तानिएका छन् । भक्तपुर नगरपालिका –१० कमलविनायकमा २ करोड बराबरको हाटल सञ्चालन गर्ने क्रममा ताम्राकार विवादमा तानिएका हुन् ।  ताम्राकारले आफ्नै लगानीमा भक्तपुरकै ठूलो होटल सञ्चालन गर्न लागेको अवस्थामा सरु महत र होटेल डे कोर्टियाडको संयुक्त लगानी रहने गरी २०७३ फागुनमा होटल यातुको नाममा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो । होटल सञ्चालनका क्रममा कम्पनी साझेदारहरुसँग विवाद भएपछि होटल समेत अहिलेसम्म सञ्चालन हुन नसकेको ताम्राकार बताउँछन् । 


भक्तपुर नगरपालिकाको स्वीकृतिमा होटल सञ्चालनकै लागि ६ वर्ष लगाएर मौलिक कलामा कुँदिएका दुई वटा भवन बनाएपछि २०७२ भवन निर्माण सम्पन्न भएको ताम्राकारले बताएका छन् ।  कम्पनी रजिष्ट्रारको कार्यालयमा होटल दर्ता हुँदा २ करोड पुँजी रहने उल्लेख छ । जसका ताम्राकारको ५२ प्रतिशत, शरु महतको २४ र होटल डे कोर्डियाडको २४ प्रतिशत शेयर रहने उल्लेख गरिएको छ । तर, सरु महत र मनसुन विक्रम शाहले आफ्नो तर्फबाट १० लाख रुपैयाँ मात्रै दिएर होटल कब्जा गर्ने नियत राखेको ताम्राकारको दाबी छ ।  पछिल्लो समयमा शाह र महतले अनावश्यक दुःख दिँदै शेयरभन्दा सयौं गुणा रकम माग गर्न थालेको ताम्राकार बताउँछन् ।

आफु जापानिज नागरिक बताउने शाहले भक्तपुरका ठूलो लगानी गर्न चाहेको तर, आफु जापानिज नागरिक भएकाले सरु महतलाई अघि सार्दै आएका छन । शाहले सरुलाई श्रीमती भएकाले सबै कामको जिम्मेवारी दिँदै आएका छन । होटलको शेयरबारे कुरा नमिले छलफलको माध्यमबाट मिलाउन सकिनेमा कहिले प्रहरी लगाउने त कहिले सञ्चारमाध्यममा अनावश्यक समाचार प्रकाशन गर्न लगाएर आफुलाई मानसिक तनाव दिइरहेको उनको गुनासो छ ।
लामो समयदेखिको विवादका क्रममा लगानीकर्ता शाहको उजुरीका क्रममा यसअघि ताम्राकारलाई प्रहरीले पक्राउ गरेर छोडेको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्