२५ असार २०८३, बिहीबार

डेनमार्क र फ्रान्सबीच बराबरी,  अष्ट्रेलिया र पेरु विश्वकपबाट बाहिरिए

डेनमार्क र  फ्रान्सबीच बराबरी,  अष्ट्रेलिया र पेरु विश्वकपबाट बाहिरिए

काठमाडौं, १३ असार– रसियामा जारी विश्वकपबाट अष्ट्रेलिया र पेरु बाहिरिएका छन् ।  डेनमार्कले फ्रान्ससँग गोलरहित बराबरी खेलेसँगै यी दुबै टोली विश्वकपको नकआउट चरणमा पुगका छन् भने अष्ट्रेलिया र पेरु भने बाहिरिएका हुन् । 
लुज्निकी रंगशालामा मंगलबार राती सम्पन्न निकै रोमाञ्चक खेलमा  डेनमार्कले फ्रान्सलाई बराबरीमा रोकेको हो ।  फ्रान्सलाई बराबरीमा रोकेसँगै  समूह सीको उपविजेता बन्दै डेनमार्क नकआउट चरणमा पुगेको हो  । 
यस्तै समूह  बिजेता बन्दै फा्रन्स पनि नकआउट चरणमा पुगेको छ ।  समूह बिजेता फा्रन्सले ७ अंक जोड्यो भने डेनमार्कले ५ अंक बटुल्यो । यता आजको पेरुसँग हारेको  अष्ट्रेलिया समूह चरणबाटै बाहिरिनै बाध्य भयो । अष्ट्रेलियालाई आफ्नो समूह चरणको अन्तिम खेलमा पेरुले २–०ले हराएको थियो । 
यस्तै पेरु पनि समूह चरणबाटै घर फर्किएको छ । एक खेलमा बराबरी र एक खेलमा जित दर्ता गरेको पेरु समूह चरणबाटै बाहिरन बाध्य भएको हो । योसँगै समूह सीको छिनोफानो भएको छ । 

अष्ट्रेलियालाई स्तब्ध पार्दै घर फर्कियो पेरु

salt training

कमेन्ट गर्नुहोस्