२४ असार २०८३, बुधबार

विश्वकपमा आज पनि ४ खेल, जर्मनी र ब्राजिललाई समेत एलिमिनेसनको खतरा !

विश्वकपमा आज पनि ४ खेल, जर्मनी र ब्राजिललाई समेत एलिमिनेसनको खतरा !
ब्राजिल र सर्बियाको खेल हुने स्पार्टक स्टेडियम, मस्को

काठमाडौं, १३ असार – रुसमा जारी फिफा विश्वकप फूटबल प्रतियोगिताअन्तर्गत आज दुई समूहका ४ खेल हुँदैछन् । 'समूह एफ'का दुवै खेल बेलुका पौने ८ बजे र 'समूह ई'का खेलहरू राति पौने १२ बजे हुनेछन् ।

बेलुकाको खेलमा जर्मनीले दक्षिण कोरिया र मेक्सिकोले स्विडेनको सामना गर्दैछन् । 

यस समूहबाट कुनै पनि टोलीको अघिल्लो चरणको यात्रा पक्का भइसकेको छैन । यद्यपि मेक्सिको २ जीतका साथ तुलनात्मक रूपमा सहज स्थितिमा छ ।

एक जीत वा बराबरीले मेक्सिको समूह विजेता बन्दै अघिल्लो चरणमा पुग्ने पक्का हुनेछ भने हारले यात्रा समूह चरणमै टुंगिने खतरा पनि रहन्छ ।

यता जर्मनी र स्विडेनलाई भने जित वा बराबरीको खाँचो छ । दुवै टोलीले २ खेलबाट ३-३ अंक जोडेका छन् । यी मध्ये कुनै एक टोलीले हारेमा त्यो टोली स्वत: बाहिरिने छ ।

यसमध्ये एकले जितेमा अर्कोलाई अघि जान बराबरी पनि पर्याप्त हुनेछैन ।

पहिलो खेलमा मेक्सिकोसँग हारेकाले साविकको विजेता जर्मनी समूहको अन्तिम खेलमा गर या मरको स्थितिमा रहेको हो । स्विडेनले भने जर्मनीसँग हार व्योहोरेको थियो ।

यस्तै 'समूह एफ'मा समेत कुनै पनि टोली ढुक्क हुने स्थिति छैन । कोस्टारिका बाहिरिसकेको अवस्थामा ब्राजिल, स्विट्जरल्याण्ड र सर्बियामध्ये एक टोली एलिमिनेट हुनेछ ।

समूहको अन्तिम खेलमा ब्राजिलले सर्बिया र स्विट्जरल्याण्डले कोस्टारिकासँग खेल्दैछन् ।

अघिल्लो चरणको यात्रा तय गर्न तीनै टोलीलाई जीतको आवश्यकता छ । यी दुई खेलमा कोस्टारिकाबाहेक जित्ने टोली अघि जानेछन् भने बराबरीले अर्को खेलको नतिजामा भर पर्नुपर्नेछ ।

ब्राजिल र स्विट्जरल्याण्डले पहिलो खेलमा १-१ गोलको बराबरी खेलेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्