
यदी तपाईले रणवीर कपूरले हालसालै दिएको अन्तर्वार्ता हेर्नु वा पढ्नु भएको थियो भने रणवीरको तर्फबाट आलिया भट्टको लागि कति प्यार छ भनेर बुझ्न सक्नुहुन्छ ।
आलियाको आखामा पनि रणवीरको लागि प्यार भरिएको देख्न सकिन्छ ।
रणवीर र आलियाको यो सम्बन्धका कारण फ्यानहरु पनि खुसी छन् ।
तर रणवीरकी पूर्व प्रेमिका कटरीना कैफ भने खुसी छैनन् ।
भारतीय सञ्चारमाध्यमहरुले कटरीनाले आलिया र रणवीरको ब्रेकअपबारे पूर्वानुमान गरेको समाचारहरु सार्वजनिक गरेका छन् ।
कटरीनालाई राम्रोसँग रणवीर बारे जानकारी छ । कुनै समय उनी आलिया रहेको स्थानमा रहिसकेकी छिन् । रणवीरको स्वभावका कारण उनीहरुबीचको सम्बन्ध कति समय रहन्छ भन्ने कुरामा उनी विश्वस्त रहेको समाचारहरु सार्वजनिक भएको छ ।
एक अन्तर्वार्तामा कटरीनाले रणवीर र आलियाको ब्रेकअप कसरी हुनेछ भन्ने आफूलाई थाहा भएको बताइन् ।
कटरीना स्वयं भने रणवीरसँग आफ्नो अफियर चलेको स्वीकार गर्न तयार छैनन् । तर रणवीरसँगको उनको सम्बन्धले भने भारतीय फिल्म उद्योग निकैसमय तातेको थियो ।