०५ साउन २०८३, मंगलबार

प्रतिपक्षको उपस्थिति बिना नै ५ नम्बर प्रदेशसभा बैठक शुरू

असार १३, २०७५
प्रतिपक्षको उपस्थिति बिना नै ५ नम्बर प्रदेशसभा बैठक शुरू

बुटवल, १३ असार – बजेटप्रति तीब्र असन्तुष्टि जनाउँदै आएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको बहिष्कारबीच ५ नम्बर प्रदेशसभा बैठक शुरू भएको छ ।

हिजो कांग्रेसले संसद अवरुद्ध गर्ने संकेत पाएपछि २–२ पटक सूचना टाँस गरी स्थगित भएको थियो । बैठक आज १२ बजेका लागि बोलाइएको थियो । झण्डै सवा १२ बजे शुरू भएको बैठकमा कांग्रेस सांसदको उपस्थिति छैन ।

कांग्रेस संसदीय दलका नेता बलदेश शर्मा पौडेलको कार्यकक्षमा कांग्रेसका सांसद बसेका छन् । संसदमा बोल्दै नेकपाका भूमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो रहेको भन्दै यसको विरोध गर्नुको कुनै औचित्य नभएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्