२८ जेठ २०८३, बिहीबार

डिआइजी सिलवाललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी

कात्तिक २०, २०७४
डिआइजी सिलवाललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी
काठमाडौं, २ फागुन — सिआइबी प्रमुख डिआइजी नवराज सिलवालले नेपाल प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी पाएका छन् । उनी एसएसपी शेरबहादुर बस्नेतलाई सिआइबीको जिम्मेवारी सुम्पेर निमित्त प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न नक्साल पुगेका हुन् ।

प्रहरी प्रमुख सम्बन्धि सकारी निर्णयमा विवाद सिर्जना भएपछि प्रहरी प्रमुखको पद रिक्त भएको हो । सोमबारनै आफ्नो ३० वर्षे सेवा अबधी सकाएर घर फर्किएका आइजिपी उपेन्द्रकान्त अर्यालले सिलवाललाई निमित्त प्रमुखको जिम्मेवारी सुम्पेका हुन् । अर्यालसँगै बरिष्ठ एआइजीहरूपनि उमेर हदका कारण घर फर्किएपछि अर्यालले बरिष्ठ डिआइजी सिलवाललाई निमित्त प्रमुखको जिम्मेवारी सुम्पिए ।

आइतवार सरकारले तेस्रो बरियताका डिआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको थियो । तर उनको नियुक्तीको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि अदालतले फागुन ८ गतेसम्म चन्दको नियुक्तीमा रोक लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्