२८ जेठ २०८३, बिहीबार

ग्लोबल आइएमई बैंक र लिमिटेडलेप्यासिफक डेभलपमेन्ट बैंकको एकिकृत कारोबार सुरु

कात्तिक २०, २०७४
ग्लोबल आइएमई बैंक र लिमिटेडलेप्यासिफक डेभलपमेन्ट बैंकको एकिकृत कारोबार सुरु
काठमाडौं, २ फागुन - ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ्ग जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकिकृत
कारोबार सञ्चालन गरेको छ । 
नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिंरजिवी नेपालले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको समुद्घाटन गर्नुभयो । लमजुङ्ग जिल्लालाई कार्यक्षेत्र बनाई विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दे आईरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको कुल चँुक्ता पूँजी १३ करोड २९ लाख रहेको थियो ।

प्यासिफिक डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुँक्ता पूँजी रु. ७ अर्व २४ करोड (आ . व. २०७२÷७३ को प्रस्तावित वोनस शेयर रु. ९८ करोड ६३ लाख सहित) , कुल निक्षेप रु.८५ अर्व, कर्जा लगानी रु. ७२ अर्व ८८ करोड र ९४ वटा शाखा कार्यालय पुगेका छन् ।

बि.स. २०६३ पौष १८ गते “सबैंका लागि बैंक” भन्ने मूल नाराका साथ स्थापना भएको ग्लोबल आइएमई बैंक लिमिटेडलेस्थापनाको दश बर्षको अवधिमा निजि क्षेत्रका वाणिज्य बैंकहरुको बिचमा अलग्गै पहिचान बनाउन सफल भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि आगामी दिनमा आफ्ना समस्त ग्राहकवर्गहरुलाई अझ बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने बिश्वास एंव प्रतिबद्धता व्यक्त गरेको छ ।

ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफल मर्जर गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्