
प्योङ्गयाङ्ग, २ फागुन - उत्तर कोरियाले आइतबार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण सफल भएको सोमबार दाबी गरेको छ । सतहदेखि सतहसम्म मध्यम र लामो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण सफल भएको बताइएको छ ।
उत्तरी कोरियाको वरिष्ठ नेता किम जोङग उनको दिशा निर्देशनमा सो परीक्षण भएका उत्तरी कोरियाली समाचार समिति केसीएनएले जनाकारी दिएको छ ।
सन् २०१७ को सुरुपछि उत्तर कोरियाले गरेको पहिलो क्षेप्यास्त्र परीक्षण हो ।साथै, उत्तर कोरियाको यस क्षेप्यास्त्र परीक्षण अमेरिकामा राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछिको पहिलो परीक्षणसमेत हो ।
स्थानीय समयानुसार आइतबार बिहान ७ः५५ मा उक्त क्षेप्यास्त्र उत्तरी प्योङ्गयाङ्गको पश्चिमी प्रान्तमा अवस्थित बाङ्गयोन सैनिक हवाई अखडाबाट सुदूरपूर्व जापानी समुद्र (सि अफ जापान)तर्फ प्रहार गरी परीक्षण सम्पन्न गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको थियो ।
जापानी प्रधानमन्त्रीको अमेरिका भ्रमणकै मौका पारी जापानलाई तर्साउने नियतवश गरिएको यस परीक्षणको जापान तथा अमेरिका दुबैले आ–आफ्नै प्रकारबाट आलोचना गरेका थिए । रासस/सिन्ह्वा