०२ असार २०८३, मंगलबार

बाघ संरक्षणमा सर्वपक्षीय चिन्ता

बाघ संरक्षणमा सर्वपक्षीय चिन्ता

बर्दिया, १७ असार – निकुञ्जमा बाघ संरक्षणसम्बन्धी सर्वपक्षीय चिन्ता बढेको छ । 

वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले सरोकारवालाहरुसँग गुलरियामा आयोजना गरेको बाघ संरक्षणसम्बन्धी अन्तरक्रियामा यस्तो चिन्ता व्यक्त भएको हो 

निकुञ्जका प्रमुख मनोजकुमार शाहले एशियाका १३ वटा देशमा छ प्रजाति पाइएकामा तीन वटा प्रजातिका बाघ लोप भइसकेको बताए ।

आहाराको अभाबले बाघको संरक्षणमा कठिनाइ भएकाले पाँच वर्षे बाघ संरक्षण योजना बनेको र सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य निकुञ्जको रहेको उनले जानकारी दिए । 

राष्ट्रिय प्रकृति संरक्षण कोषका श्यामकुमार थापाले बाघ संरक्षणका लागि सबै संस्था जुटेको र यसको संरक्षण गर्दा अन्य बन्य जन्तुको पनि संरक्षण हुने भएकाले सुखा स्थानमा वृक्षरोपणका साथै ८३ वटा पोखरी निर्माण गरी पानीको व्यवस्थापन गरिएको बताए ।

निकुञ्जले निकुञ्ज आसपासका जनताका समस्या समाधान नगर्दा जनता मारका परेकाले अन्नबाली क्षतिको पूर्ति दिनुपर्ने पत्रकार महासंघका अध्यक्ष राजेन्द्र घिताललगायतले माग गरे ।

salt training

कमेन्ट गर्नुहोस्