कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
चितवन १७ असार– सरकारले चीनलाई उपहार दिन लागिएको २ जोडी गैंडाको नेपाली र चिनियाँ चिकित्सक टोलीद्वारा स्वास्थ्य परीक्षण थालिएको छ ।
यही असार १५ गते चीनको पशु क्वारेन्टाइनबाट आएका भेटेरिनरी चिकित्सक डा वाङ्ग र नेपाली भेटेरीनरी चिकित्सक टोलीले गैंडाको अन्तिम स्वास्थ्य परीक्षण थालेको हो ।
नेपाली भेटेरिनरी चिकित्सक डा कमल गैंरे, डा अमिर षडौला, भेटेरिनरी प्रविधिज्ञ पुरुषोत्तम पाण्डे र किरण रिजालसहित वाङ्गको टोलीले गैंडाको स्वास्थ्य परीक्षण गरिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी दिए ।
उनका अनुसार अन्य आठ वन्यजन्तु प्रविधिज्ञ गैंडाको रेखरेखमा खटिएका छन् । यसअघि गैंडाको अवस्था बुझ्न यही असार १३ गते चीनबाट आएको विज्ञ टोली असार १६ गते फर्किसकेको छ ।
चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा पिट बोमा (सानो खोर)मा राखिएको दुई जोडी गैंडामा मुख्य गरी खोरेत, क्षयरोग र ब्लूटङ्ग (नीलो जिब्रा हुने समस्या) लगायत रोगको परीक्षण भइरहेको स्वास्थ्य परीक्षणमा सहभागी डा अमिर षडौलाले जानकारी दिए । नमूना संकलन गरेर त्यसको प्रयोगशाला परीक्षण गरिने छ ।
विगतदेखि नै गैंडाको स्वास्थ्य अवस्थाको अध्ययन गर्दै आएका डा कमल गैरेले भने अहिलेसम्म सबै गैंडा तन्दुरुस्त रहेको प्रतिक्रिया दिए ।
पहिलो चरणमा यही असार २८ गते चीन पठाउने तयारी गरिएको एक जोडी गैंडामध्ये भाले गैंडाको नाम ‘भद्र’ र पोथी गैंडाको नाम ‘रुपसी’ राखिएको छ ।
गएको वैशाखमा चितवन निकुञ्जको पश्चिम सेक्टरबाट तीन वटा गैंडालाई नियन्त्रणमा लिएर सौराहामा राखिएको छ । अर्को एउटा गैंडा भने भारतबाट उद्धार गरी ल्याइएको हो ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...