०४ असार २०८३, बिहीबार

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !

असार १८, २०७५
३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !

रामेछाप, १८ असार  — मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ । ३ कक्षासम्म अध्ययन हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि ३–३ जना नै छन् ।


मन्थली नगरपालिका–६ नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा बुधबार एक मात्र विद्यार्थी संघर्ष माझीलाई पढाउँदै शिक्षिका सुधा माझी ।

‘पढाउँदा बडो रमाइलो हुन्छ, हामी शिक्षक र विद्यार्थी बराबरी छौं,’ प्रधानाध्यापक सुन्दर बस्नेतले भने, ‘कक्षाकोठामा पस्दा एक शिक्षक र एकै विद्यार्थी हुन्छन् । कहिलेकाहीँ सबैलाई एकै ठाउँमा राखेर पढाउँछौं ।’

नगरपालिकाभित्रकै उक्त विद्यालयमा भवन र फर्निचर भने अभाव छैन । पर्याप्त कक्षाकोठा र फर्निचर हुँदा पनि विद्यार्थी भर्नादर बर्सेनि खस्कँदै गएको छ । विद्यार्थी संख्या धेरै भएका बेला ३४/३५ जना पुगेको तथ्यांक छ । यसरी विद्यार्थी संख्या घटेको भने पहिलो पटक हो , अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ।

salt training

कमेन्ट गर्नुहोस्