
काठमाडौँ, असार १८ – सर्वोच्च अदालतले ६ वर्षअघि दादुरा विरुद्धको खोप लगाएपछि मृत्यु भएका डोटीका चार बालबालिकको परिवारलाई क्षतिपूर्ति दिन सरकारका नाममा परमादेश जारी गरेको छ । राज्यका अधिकारीहरूको गैरजिम्मेवार कार्यले निर्दोष वालवालिकाको ज्यान गएको भन्दै अदालतले प्रतिपरिवार दश लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश दिएको हो । २०६९ भदौ ३ गते डोटीको काठमाडौँ गाविसमा दादुरा खोप लगाइएका ६ जनामध्ये चार बालबालिका मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अन्जु विकको मृत्यु भएको थियो । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।