११ असार २०८३, बिहीबार

नालामा आएको बाढीले बगाउँदा एकजना बेपत्ता

नालामा आएको बाढीले बगाउँदा एकजना बेपत्ता
प्रतिकात्मक तस्वीर

बाँके, १८ असार -अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् । 

नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए । 

बुढाको खोजी भइरहेको छ । आइतबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्