२७ असार २०८३, शनिबार

संसदमा मन्त्रीको जवाफ खोज्दै सभामुख, सरकारलाई ‘रुलिङ’

संसदमा मन्त्रीको जवाफ खोज्दै सभामुख, सरकारलाई ‘रुलिङ’

काठमाडौं, १८ असार – सभामुख कृष्णबहादुर महराले संसद्को विशेष र शून्य समयमा उठाएका प्रश्नको विषयमा जवाफ दिने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभाको आजको विशेष समयको बैठकपछि उहाँले भन्नुभयो, ‘सदनमा शून्य समय र विशेष समयमा सांसदहरूले गम्भीर विषय उठाउँदै आउनुभएको छ, त्यसको जवाफ सम्बन्धित मन्त्रीबाट होस् ।’

सभामुख महराले भन्नुभयो, ‘सांसदहरूले गम्भीरताका साथ विषयवस्तु उठाउनुभएको छ, त्यसको सम्बन्धित मन्त्रीबाट जवाफ आउने व्यवस्था होस् ।’

salt training

कमेन्ट गर्नुहोस्