
काठमाडौं, १८ असार – पृथ्वी राजमार्गमा गुडिरहेको जीप पहिरोमा पुरिएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको हो।
धादिङको बेनिघाट रोराङ–१० मा पहिरोमा लु१च २३४३ नम्बरको जीप पुरिएको प्रहरीले जनाएको छ । जीपमाथि पहिरो खसेपनि समयमै उद्दार भएका कारण मानवीय क्षति नभएको सुरक्षाकर्मीले जनाएका छन् ।