१० साउन २०८३, आइतबार

सोमवार एकै दिन संसदका तीन बैठक, के छ तेस्रो बैठकको कार्यसूची ?

सोमवार एकै दिन संसदका तीन बैठक, के छ तेस्रो बैठकको कार्यसूची ?

काठमाडौं, १८ असार – सोमवार एकैदिन प्रतिनिधिसभाका तीनवटा बैठक बस्ने भएका छन् । बिहान बसेको पहिलो बैठकमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग– पहिलो संशोधन विधेयक २०७५ टेबल भएको थियो ।

सोमवार दिउँसो साढे १२ बजे बसेको बैठकमा कानूनमन्त्री शेरबहादुर तामाङले सो विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सैद्धान्तिक छलफलपछि विधेयकलाई संशोधनका लागि पठाइएको छ । 

अपरान्ह ४:३० बजे बस्ने तेस्रो बैठकमा आर्थिक विधेयक अन्तर्गतको ऋण तथा जमानत विधेयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयका सचिव डा. भरत गौतमले लोकान्तरलाई जानकारी दिए । 

‘ऋण तथा जमानत विधेयकसंगै आज समग्र बजेट पारित गर्ने तयारी छ,’ डा गौतमले भने । दलहरूबीच सहमति जुट्न नसकेपछि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक– २०७५ भने संसदमा पेश हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्