०३ असार २०८३, बुधबार

मलिनालाई फापेन फिल्म !

मलिनालाई फापेन फिल्म !

अभिनेत्री मलिना जोशी–व्युटिफुल अनि आकर्षक ज्यानले फिट । अभिनय पनि ठिकठाकै हो ।

फिल्म पाउन अहिलेसम्म कसैको ढोका ढकढकाउनुपरेको छैन । तर सवैकुरा मिल्दा पनि भाग्यले साथ नदिएपछि के हुन्छ ? यो कुरा मलिना जोशीलाई सोध्नपर्ने देखिन्छ । साच्चीकै मलिना जोशीलाई सवै कुराले साथ दियो, भाग्यले साथ दिएन । मिस नेपालको ताज चुमेपछि मलिना चलचित्र दुनियाँमा देखा परिन् ।

तर, डेब्यु चलचित्र ऋतु असफल भो । यो चलचित्रले न मलिनालाई खुसी वनायो, न निर्मातालाई । चलचित्रले पोस्टरको लगानी समेत उठाएन भन्ने चलचित्र नगरीमा राम्रै चर्चा चल्यो त्यतिवेला । सुन्दर मुहारकी धनी मलिनालाई ऋतु असफलताको नाफा घाटाको हिसाव किताव केहि गर्नुपरेन । त्यसपछि पनि चलचित्र आईरहे उनको हातमा । तर उनी अभिनित चलचित्रहरु ध्माधम फ्लप माथी फ्लप भैरहे ।

द वीनर, झुम्की, रानी, संरक्षण, लिला मलिनाका फ्लप चलचित्रको सुचिमा पर्छन । साच्चीकै भन्नेहो भने मलिनालाई आजभोली लागिरहेको छ, हिट चलचित्रको स्वाद कस्तो हुंदो हो ? सायद, मलिना यहि असार ८ मा प्रर्दशन भएको चलचित्र तिमी हुन्छौं जहां जहांवाट निकै आशावादी थिईन् ।

ठुला व्यानरका चलचित्रसंग जुध्नुपनि नपर्ने र नाम चलेका कलाकारको चलचित्र नभएकाले पनि उनलाई धेरै हदसम्म चलचित्रले राम्रै व्यापार गर्ने आशा थियो । तर हुदै नभएपछि कस्को के लाग्छ र ? मलिनाको यो चलचित्र पनि फ्लपनै भयो । हलमा केहि दिन लाग्यो । दर्शकले पत्ताएनन् । यति मात्रै भन्न सकिन्छ, तिमी हुन्छौं जहां जहां फ्लप चलचित्रको सख्यांमा आफुलाई समावेस ग¥र्यो मात्रै ।
 

salt training

कमेन्ट गर्नुहोस्