०५ असार २०८३, शुक्रबार

धर्म परिवर्तनको महाहोड रोक्न कमल थापाको आग्रह

असार १८, २०७५
धर्म परिवर्तनको महाहोड रोक्न कमल थापाको आग्रह

बुटवल, १८ असार – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म परिवर्तन व्यापाक भइरहेको भन्दै त्यसलाई रोक्न सरकारसँग आग्रह गरेका छन् ।

रिपोर्टस् क्लबले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले आफ्नो पार्टी हिन्दूराष्ट्र र राजसंस्था पुनस्र्थापनाका निम्ति निरन्तर संघर्ष गरिराखेको बताए । उनले साउन २ गतेदेखि हिन्दू जागरण अभियान लिएर देशभर हिँड्ने जानकारी दिए ।

हिन्दूराष्ट्र ९४ प्रतिशत जनताको सम्मान र पहिचानका लागि भएको थापाले बताए । उनले विगतका ५ वर्ष भित्रमा दशौं लाखको धर्म परिवर्तन भएको दावी गरे । 

अर्को प्रसङ्गमा उनले नीतिगत र सैद्धान्तिक आधारमा पार्टी एकता हुने र पार्टी विभाजनको परिणाम र तीतो अनुभव सबैलाइ थाहा भएको बताए । क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्