१७ असार २०८३, बुधबार

एन आई सी एशिया क्यापिटलको मोबाइल एप सेवा शुरु

एन आई सी एशिया क्यापिटलको मोबाइल एप सेवा शुरु

काठमाडौं, १८ असार- लगानीकर्तालाई सवल, सूुचित तथा उपयुक्त निर्णय लिन विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका प्रदान गर्दै आएको एन आई सी एशिया क्यापिटलले मोबाइल एप सेवाको थालनी गरेको छ । 

मोबाइल एप मार्फत प्रयोगकर्ताले आफ्नो  डिम्याट खाताको सम्पूर्ण जानकारी प्राप्त गर्नुका साथै एन आई सी एशिया क्यापिटलको सामूहिक लगानी कोषको प्रति ईकाई मुल्य (एनएभी) को जानकारी, नेप्से बजार रिपोर्टका साथै एन आई सी एशिया क्यापिटलले प्रदान गर्दै आएको बृहत सेवाका बारेमा जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सो एन आई सी एशिया क्यापिटल मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोर र केहि दिनमा एप्पल मोबाइलकोे ऐप स्टोरमा निस्शुल्क उपलब्ध हुने भएको छ । यस एन आई सी एशिया क्यापिटल मोबाइल एप्पमा समय सापेक्ष परिवर्तन गर्दै अत्याधिक जानकारीमूुलक सेवाहरु प्रविष्ट गर्दै जाने एन आई सी एशिया क्यापिटलका व्यापार व्यवस्थापन विभाग प्रमुख श्री राघब पोखरेलले जानकारी दिए ।    

उच्चतम प्रविधिको प्रयोगबाट गुणस्तरीय, किफायती र शिघ्रातिशिघ्र सेवा प्रदान गर्ने एन आई सी एशिया क्यापिटलको प्रतिबद्धताक्रमा यस मोबाइल एप ले थप मजबूती दिने विश्वास लिइएको छ । साथै सेवाग्राहीहरु सँग सामिप्यता बढाउन यस एपले महत्वपूुर्ण भूुमिका खेल्ने विश्वास लिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्