२४ असार २०८३, बुधबार

अवैध भरुवा बन्दुकसहित ३ जना पक्राउ

अवैध भरुवा बन्दुकसहित ३ जना पक्राउ

सल्यान, १८ असार – कुमाख गाउँपालिका–३ चिनालीबाट अवैध ४ थान भरुवा बन्दुकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख भरतबहादुर विकले ४ थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने केप र छर्रासहित अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिनुभयो । अनुसन्धानका क्रममा रहेकाले प्रहरीले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।

आफ्नै घर र घर नजीकै बन्दूक लुकाइछिपाई राखेका अवस्थामा विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्