०९ असार २०८३, मंगलबार

काठमाडौंमा १३ हजार खाल्डाखुल्डी, सडक दसैँसम्म यस्तै

कात्तिक २०, २०७४
काठमाडौंमा १३ हजार खाल्डाखुल्डी, सडक दसैँसम्म यस्तै
मेलम्चीको खानेपानी ल्याउन काठमाडौं उपत्यकाभित्रका खनिएका सडक कालोपत्रे हुन आठ महिना कुर्नुपर्ने भएको छ । सडकमा बिछ्याइएका पाइपको प्रेसर, हाइड्रोलिक र लिक परीक्षण गर्नुपर्ने भएकाले कालोपत्रे गर्न समय लाग्ने भएको हो । आयोजना कार्यान्वयन निर्देशनालय पिआइडी का अनुसार पाइपको प्रेसर, हाइड्रोलिक र लिक परीक्षण गर्न २० हजारभन्दा धेरै ट्यांकर पानी चाहिन्छ । यो भनेको १६ करोड लिटर पानी हो ।

उपत्यकामा सुक्खायाममा दैनिक नौ करोड र बर्खायाममा १२ करोड लिटर पानी वितरण हुँदै आएको छ । सुक्खा मौसम सुरु भएकाले सो परिमाणको पानी तत्काल जुटाउन सक्ने स्थिति छैन । त्यसो हुँदा मेलम्चीको पानी कुर्नुको विकल्प छैैन । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी असोजमा मेलम्चीको पानी उपत्यका आउने बताएको छ । अाजकाे नयाँ पत्रिकामा खबर छ ।

कालोपत्रे गर्न आतुर छौँ, तर समय लाग्छ: पिआइडी
पिआइडीका आयोजना निर्देशक तिरेश खत्रीले मेलम्ची खानेपानीको पाइप बिछ्याउन खनिएका सडकको सबै भाग कालोपत्रे हुन समय लाग्ने जानकारी दिए । ‘सडक कालोपत्रे गर्न हामी आतुर छौँ । तर, यसमा केही प्राविधिक जटिलता छन् । पाइपको प्रेसर, हाइड्रोलिक र लिक भए नभएको परीक्षण गर्नुपर्छ । यसका लागि २० हजारभन्दा धेरै ट्यांकर पानी चाहिन्छ । त्यसो भएकाले खनिएका सबै सडक एकैपटक कालोपत्रे हुँदैनन्,’ उनले भने ।

पिआइडीका अनुसार पाइप जोडिएका ठाउँ ९जक्सन० छाडेर अन्य ठाउँमा कालोपत्रे सकिन अझै पाँच महिना लाग्न सक्छ । ‘पाइपको ज्वाइन्ट दुई–दुई मिटर छाडेर खनिएका सडकमा कालोपत्रे हुन्छ । यो काम यस आर्थिक वर्षसम्म सकिन्छ होला । केही ठाउँमा काम सुरु भइसकेको छ । उपत्यकाको सडकबाट धुलो हट्न भने केही समय लाग्ने देखिन्छ,’ खत्रीले भने ।

७२ किमि सडकमा १३ हजार खाल्डाखुल्डी
पिआइडीका अनुसार थोक वितरण प्रणाली बिडिएस अन्तर्गत उपत्यकामा ७२ किलोमिटर पाइप बिछ्याइँदै छ । बिछ्याइएका पाइपको मोटाइ १४ एमएम छ भने लम्बाइ ५।५ मिटर छ । यसलाई डक्टिभ पाइप भनिन्छ । यसले पानीको ट्यांकी मात्रै जोड्ने काम गर्छ । पहिलो चरणमा यस पाइपबाट उपत्यकाभित्रका ६ स्थानका ट्यांकी जोडिनेछन् । आरुबारी, महांकालचौर, बाँसबारी, बालाजु, महाराजगन्ज पानीपोखरी र ललितपुरको खुमलटारमा ठुल्ठूला पानी ट्यांकी निर्माण भएका छन् ।

सुन्दरीजल–आरुबारी, आरुबारी–महांकालचौर, महांकालचौर–चुच्चेपाटी–गौशाला–बानेश्वर, चाबहिल–महाराजगन्ज–बाँसबारी–गोंगबु–पानीपोखरी र चक्रपथका सडकमा डक्टिभ पाइप बिछ्याउन खाल्डा खनिएका छन् । ७२ किमि लम्बाइको उक्त सडकमा ५।५ मिटर लम्बाइको पाइप बिछ्याउँदा १३ हजार ९० ठाउँमा जक्सन ९जोडिने स्थान० पर्छन् । पिआइडीका अनुसार प्रत्येक जक्सनमा पाइपको प्रेसर, हाइड्रोलिक र लिक परीक्षण अनिवार्य छ । पिआइडीले भनेअनुसार सडकको कालोपत्रे गरिए प्रत्येक जक्सनमा दुई–दुई मिटर छाड्नुपर्ने हुन्छ । यसो हुँदा सडक जक्सनैपिच्छे खाल्डो बन्ने अवस्था आउँछ । ‘बिछ्याइएका पाइपको प्रेसर, हाइड्रोलिक र लिक परीक्षण गर्न जक्सनमा कालोपत्रे गर्नुहुँदैन । एउटा जक्सनदेखि अर्को जक्सनसम्मको फरक एक सयदेखि २ सय मिटर हुन्छ । यो व्यावहारिक नै देखिन्छ,’ खत्रीले भने ।

वितरण सञ्जालको पाइप परीक्षण आवश्यक
वितरण सञ्जाल सुधार ९डिएनआई० अन्तर्गत उपत्यकाभित्र ६ सय ७० किमि पाइप बिछ्याइँदै छ । त्यसमध्ये पाँच सय ३० किमि पाइप बिछ्याउने काम सकिएको छ । अधिकांश पाइप सडक खनेरै बिछ्याइएका छन् । सबै पाइपमा प्रेसर, हाइड्रोलिक र लिक परीक्षण गर्नुपर्ने खत्रीको भनाइ छ । डिएनआईअन्तर्गत बिछ्याइएका पाइपको जक्सनआसपासका क्षेत्रमा पनि कालोपत्रे नहुने भएको छ । डिएनआईअन्तर्गत सरदर ५० हजारभन्दा धेरै स्थानमा जक्सन रहनेछन् ।

सिस्टम परीक्षण गर्न मेलम्ची नै कुर्नुपर्ने
पिआइडीका अनुसार बिछ्याइएका पाइपको प्रेसर, हाइड्रोलिक र लिक परीक्षण गर्नुअघि बागमतीको पानी प्रयोग गरिनेछ । यसका लागि पनि बर्खायाम कुर्नैपर्ने हुन्छ । बर्खामा बागमतीको पानी बढ्ने भएकाले त्यो पानी जम्मा गरी सुन्दरीजलस्थित ट्यांकीमा हालिनेछ र पानीलाई पाइपमा छाडिनेछ । यसबाट केही हदसम्म पाइपको प्रेसर, हाइड्रोलिक र लिक परीक्षण हुने पिआइडीको भनाइ छ । तर, सिस्टम नै परीक्षण गर्न भने मेलम्चीको पानी कुर्नुको विकल्प छैन ।

‘पाइपको परीक्षण गर्न बागमतीको पानी प्रयोग गर्ने योजना छ । तर, यसका लागि बर्खायाम नै कुर्नुपर्छ । बागमतीको पानी सिस्टमभित्र हालिनेछ । यसले केही हदसम्म पाइपको प्रेसर, हाइड्रोलिक र लिक परीक्षण गर्नेछ । यद्यपि, यो पर्याप्त होइन,’ आयोजना निर्देशक खत्रीले भने ।

के हो हाइड्रोलिक परीक्षण रु
बिछ्याइएका पाइपमा पानीको भार बहन परीक्षण गर्ने कार्य नै हाइड्रोलिक परीक्षण हो । परीक्षणका क्रममा पानीको चाप र पाइपले धान्न सक्ने–नसक्ने हेरिनेछ । परीक्षण गरिँदा फेल भएको स्थानमा तुरुन्तै पाइप परिवर्तन वा मर्मत गरिनेछ । परीक्षण नै नगरी मेलम्चीको पानी सिस्टममा हालिए पाइप फुट्ने र चुहिने खतरा बढी हुने पिआइडीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्