०१ असार २०८३, सोमबार

१२ घण्टापछि नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा

१२ घण्टापछि नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन, १८ असार – नारायणगढ मुग्लिन सडकखण्ड १२ घण्टापछि दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । 

आज बिहान ८ बजेदेखि पहिरोका कारण पूर्णरुपमा अबरुद्ध भएका सडक अहिले साँझ ७ः ५० बजेबाट सञ्चालनमा आएको हो । 

आइतबार साँझदेखि आएको वर्षाका कारण अवरुद्ध सडक पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । 

वर्षाका कारण बिहानदेखि चार किलो, टोपेखोला, चेपाङ् डाँडा, कालिखोला, मुग्लिन डाँडा लगायतका ठाउँमा पहिरो खसेर अवरुद्ध सडक साँझ अबेर मात्र पहिरो पन्छाएर सञ्चालनमा आएको हो । 

पहिरोका कारण रोकिएका सवारी साधन सडक सञ्चालनमा आएसँगै गन्तव्यतर्फ लागेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्