३२ असार २०८३, बिहीबार

संघीयताको सफल कार्यान्वयन नै समृद्धिको आधार : मुुख्यमन्त्री राउत

असार १८, २०७५
संघीयताको सफल कार्यान्वयन नै समृद्धिको आधार : मुुख्यमन्त्री राउत

 धनुषा- प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयताको सफल कार्यान्वयन नै समृद्धिको मूल आधार रहेको बताउनुभएको छ । 

‘समृद्धिको सपना ः सम्पन्न प्रदेश नं. २ को चाहना’ भन्ने मूलनाराका साथ संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र प्रदेश सरकारद्वारा संयुक्त रुपमा आयोजित ‘दूरदृष्टि–२०३०’ बिषयक दुई दिने सम्मेलनको आज समापन समारोहमा उहाँले भन्नुभयो, “संविधान जारी हुँदा दिपावली मनाउनेहरू नै संविधानको कार्यान्वयनमा बाधक बनिरहेको छ ।” 

मुख्यमन्त्री राउतले सम्मेलनबाट आएका भिजनहरूलाई क्रमशः कार्यान्वयन गर्ने प्रदेश सरकारको चाहना रहेको बताउँदै त्यसमा सबै तहको सहयोग आवश्यक रहेको छ भन्नुभयो । 

सम्मेलनले १० बुँदे जनकपुर घोषणापत्र समेत जारी गरेको छ । 

‘सुखी नेपाली र समृद्ध नेपाल’ भन्ने संघीय सरकारको घोषणालाई मध्यनजर गर्दै प्रदेश २ को सामाजिक आर्थिक रुपान्तरका लागि वातावरण मैत्री एवं रोजगारीमूलक कृषि र उद्योगको विकास तथा चुरे संरक्षणमा विशेष जोड दिइने घोषणापत्रमा उल्लेख छ । 

यसैगरी घोषणापत्रमा यो प्रदेशलाई एक प्रमुख औद्योगिक, व्यापारिक, पर्यटन तथा शैक्षिक केन्द्रको रुपमा विकास गर्ने, कृषि, उद्योग र पर्यटन विकासका लागि मानव संशाधन, पर्यावरण संरक्षण, पर्यटन, पूर्वाधार, उपयुक्त प्रविधि र नविकरणीय ऊर्जाको विकास एंव उपयोगमा जोड दिइने उल्लेख छ । 

वैदेशिक रोजगारीको परनिर्भरता कम गर्ने, यस प्रदेशको विकास र जनताको समृद्धिका लागि सम्भाव्यताको आधारमा कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गरी आम जनताको खाद्य सुरक्षा सुनिश्चित गर्नुका साथै आय आर्जन अभिवृद्धि गर्नका लागि महिला एंव किसानमैत्री कृषि कार्यक्रम सञ्चालनमा जोड दिने गरी रणनीति तर्जुमा गरेर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने पनि घोषणापत्रमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्