
सुर्खेत, १८ असार - तीन दिनदेखि दफावार छलफल भएका दुई विधेयक कर्णाली प्रदेशसभाले आज सर्वसम्मतिले पारित गरेको छ ।
कर्णाली प्रदेश कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक, र वित्तीय हस्तान्तरण व्यवस्थापनसम्बन्धी विधेयक, २०७५ पारित गरिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सो विधेयक प्रस्ताव गर्नुभएको थियो । प्रदेशसभाले राजस्वसम्बन्धी विधेयकको दफा १४ संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ ।
त्यसैगरी आर्थिक मामिलामन्त्री ज्वालाले वित्तीय हस्तान्तरण व्यवस्थापनसम्बन्धी विधेयक २०७५, पारितका लागि सभामा प्रस्ताव गर्नुभएको थियो । सो विधेयक पनि आजै सभाले सर्वसम्मतिले पारित गरेको छ ।