
काठमाडौं, ३ फागुन – अष्ट्रेलियाको सिड्नीमा रहेको मरुबरा समुद्रमा घुम्न गएका दुई नेपाली युवायुवती सोही समुद्रमा डुबेका छन् । स्थानीय प्रहरीका अनुसार समुद्रमा डुबेकी युवतीको शव फेला परेको छ भने युवक चाहिँ अहिलेसम्म पनि बेपत्ता रहेका छन् ।
उनीहरू साथीहरूसँगै मिलेर समुद्रमा घुम्न गएका थिए । काठमाडौंकी सृष्टि केसी र झापाका सुदीप उप्रेती समुद्रमा डुबेका हुन् । केसीको शव भेटिएको छ भने उप्रेती अहिलेसम्म पनि बेपत्ता रहेका छन् । त्यहाँको स्थानीय प्रहरीका अनुसार हराएका उप्रेतीको खोजी कार्य चलिरहेको छ ।
केसी र उप्रेतीका आफन्तको अहिलेसम्म पनि पहिचान हुन नसकेको एनआरएन अष्ट्रेलियाले जनाएको छ ।
*सन्दर्भ तस्वीर