२० असार २०८३, शनिबार

विश्वकपको क्वार्टर फाइनलमा अनौठो संयोग– ६ र ७ बीचको कडा प्रतिस्पर्धा !

विश्वकपको क्वार्टर फाइनलमा अनौठो संयोग– ६ र ७ बीचको कडा प्रतिस्पर्धा !

२१ औं संस्करणको विश्वकप फुटबल अन्तर्गत आजबाट क्वार्टर फाइनल खेलहरु शुरु हुँदै छन् । 

क्वार्टर फाइनलको पहिलो खेल उरुग्वे र फ्रान्सबीच हुँदैछ भने दोस्रो खेल ब्राजिल र बेल्जिमबीच हुँदैछ । 

शनिवार पहिलो खेल स्विडेन–इग्ल्याण्ड र दोस्रो खेलमा रसिया– कोस्टारिकाबीच हुँदैछ । 

यसपटको विश्वकप क्वाटरफाइनलमा केही अनौठा संयोगहरु जुरेका छन् । 

क्वार्टर फाइनलमा भिड्ने आठ वटै देशको नाम ६ र सात अक्षरका छन् । विश्वकप इतिहासमा यो पहिलो पटक भएको हो । 

फ्रान्स (FRANCE) ६ अक्षर र उरुग्वे (URUGUAY) सात अक्षरको नाम भएका देश हुन् ।

त्यस्तै ब्राजिल(BRAZIL)६ र बेल्जियम ( BELGIUM) ७ अक्षर छ ।

स्विडेन (SWEDEN ) ६ र इग्याल्ण्ड(ENGLAND) सात अक्षर र अर्को देश रसिया (RUSSIA)को ६ र क्रोएसिया(CROATIA) ७ अक्षर भएका देश हुन् । 

यस अर्थमा यो पटको क्वाटर फाइनल देश ६ र ७ बीचको भीडन्त हो भन्दा फरक पर्दैन ।  यस्तै खेल पनि ६ र ७ तारिखमा नै हुँदैछन् । 

विश्वकप पनि वर्षको छैठौं र सातौं महिनामा नै सञ्चालन भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्