काठमाडौं, २२ असार – प्रसिद्ध स्ट्यान्डअप कमेडियन तथा अभिनेता कपिल शर्मा आजकल विदेशयात्रा गरिरहेका छन् । लामो समयदेखि करीयर र व्यक्तिगत जिन्दगीमा धक्का खाइरहेका कपिल सामाजिक सञ्जालमा पनि सक्रिय छैनन् ।
तर हालै उनको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उनलाई चिन्न नै गाह्रो परेको छ ।
तस्वीर नेदरल्यान्ड्सको आम्सटर्ड्यामको मलमा लिइएको दाबी गरिएको छ । यसको पुष्टि भने हुन सकेको छैन । तर तस्वीरमा कपिल फरक देखिएका भने छन् ।
उनी मोटे देखिएका छन् । पहिला फिट देखिने उनको अहिले पेट भुक्क उठेको छ । उनले दाह्री पालेको देखिन्छ ।
कपिल लामो समयदेखि डिप्रेसनग्रस्त थिए । अहिले चाहिँ उनी ठीक भएको बताइएको छ ।
एजेन्सी