०६ असार २०८३, शनिबार

ऐश्वर्या रायको नयाँ फिल्म फन्ने खाँको ट्रेलर सार्वजनिक (भिडियो)

ऐश्वर्या रायको नयाँ फिल्म फन्ने खाँको ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं, २२ असार – ऐश्वर्या राय, अनिल कपूर र राजकुमार रावले खेलेको फिल्म फन्ने खाँको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर हेर्दा थाहा लाग्छ, फन्ने खाँ (अनिल कपूर) आफ्नी छोरीलाई गायिका बनाउन चाहन्छन् । 

तर फन्नेकी छोरीलाई मोटोपन तथा अन्य विविध कारणले गर्दा अडिसनमा बेइज्जती खेप्नुपर्ने हुन्छ । ट्याक्सी ड्राइभर फन्ने छोरीलाई जसरी भएपनि गायिका बनाउन चाहन्छन् । तर फन्नेका पत्नी र छोरी उनलाई आउटडेटेड मान्छन् । 

फन्ने खासमा मोहम्मद रफी बन्ने सपना देख्थे तर त्यसलाई सफल पार्न उनले सकेनन् र टोल गायक बनेर बसे । अब उनी छोरीलाई लता मंगेशकर बनाउन चाहन्छन् । 

छोरीलाई स्टार बनाउनका लागि फन्नेले राजकुमार रावको सहायता लिन्छन् । दुवैले मिलेर प्रसिद्ध गायिका ऐश्वर्या रायलाई अपहरण गर्ने योजना बनाउँछन् । यसैक्रममा राजकुमार र ऐश्वर्यामा प्रेम पनि हुन्छ । 

ट्रेलर हेर्दा यति कुरा थाहा हुन्छ । बाँकी कुरा त फिल्ममै हेर्नुहोला :

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्