
पोखरा, २२ असार – ४ नम्बर प्रदेशसभा बैठकले प्रदेशको नाम गण्डकी प्रदेश राखेको छ ।
प्रदेश सभाले दुईतिहाई बहुमतका आधारमा प्रदेशको नाम राखेको हो । गण्डकी प्रदेशको पक्षमा प्रदेशसभामा ५४ मत परेको छ । विपक्षीमा २ मत खसेको छ । नेकपा संसदीय दलको बैठकले यसअघि प्रदेशको नाम गण्डकी राख्ने निर्णय गरेको थियो ।
नयाँ शक्ति पार्टीका सांसदले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको विपक्षमा मत राखेका थिए ।