३० असार २०८३, मंगलबार

फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश, उरुग्वेले २ गोल खायो

फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश, उरुग्वेले २ गोल खायो

काठमाडौं, २२ असार– फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार साँझ मस्कोस्थित निझ्नी नोभ्गोरोद रंगशालामा सम्पन्न खेलमा  उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै फ्रान्सले  विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । 
फ्रान्सको जितमा खेलको ४० औं मिनेटमा राफेल वराने र ६१ औं मिनेटमा एन्टोनी ग्रिजमानले गोल गरे । 

उरुग्वेका खेलाडी रोड्रिगोले फ्रान्सेली खेलाडीलाई लडाएपछि उनलाई रेफ्रीले पहेलो कार्ड  दिँए । योसँगै  ३० यार्ड परबाट  ग्रिजम्यानले हानेको फ्रिकिक बललाई राफेलले हेडमार्फत जाली चुमाए । उनको यो टीमका लागि तेस्रो अन्तराष्ट्रिय गोल हो भने जसमा ग्रिजम्यानले  दुई ओटा पास मिलाइदिएका थिए । 
यस्तै ग्रिजम्यानले खेलको ६१ औं मिनेटमा अर्को गोल गरे ।   तोलिसोको पासमा ग्रिजम्यानले हानेको प्रहार उरुग्वेका किपरले रोक्ने प्रयास गरेपनि भुत्किँदै गोलमा परिणत हुन पुग्यो । 

त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि फ्रान्स २–० ले विजयी हुन पुगेको हो । 
 

पराजित उरुग्वेले फ्रान्सको पोस्टमा ४ वटा टार्गेट सुट हानेपनि बलले गोलको दिशा दिन सकेन । यसो त फ्रान्सले पनि थप दुई टार्गेट सुट हानेको थियो । खेलमा उरुग्वेले ३८ र फ्रान्सले ६२ प्रतिशत बलको पाेजिसन बनाउँदा दुबै तर्फ २–२ वटा हेल्लो कार्डको प्रयोग भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्