२१ असार २०८३, आइतबार

कुकुरहरू किन जे पनि चाटिदिन्छन् ?

कात्तिक २०, २०७४
कुकुरहरू किन जे पनि चाटिदिन्छन् ?
काठमाडौं, ३ फागुन — मानिसहरूको सबभन्दा नजिकको जनावर साथी कुकुर हो । कुकुर एकदमै बफादार हुन्छ । तपाईंले कुकुर पाल्नुभएको छ भने तपाईं घर पुग्नेबित्तिकै कुकुर तपाईंसँग लुटपुटिन आइपुग्छ ।


कुकुरले आफ्नो माया दर्साउन अनुहार वा शरीरका अन्य अंग चाट्ने गर्छ ।

किन कुकुरले यसरी अंग चाट्छ त ? कहिलेकाहीँ कुकुरले आफ्नै पञ्जा पनि चाट्छ । कुनै एलर्जी वा संक्रमण भयो भने कुकुरले पञ्जा चाट्छ । पशुचिकित्सककहाँ मलाई लैजाऊ भनेर कुकुरले संकेत दिएको हो । कुकुर त खासमा चाट्नै जन्मेका हुन् र यसका पछाडि महत्त्वपूर्ण कारण छन् ।

कुकुरको व्यवहारविज्ञ भिक्टोरिया स्टिलवेलका अनुसार कुकुरले चाट्न थाल्दा उसको मुखबाट सुखदायक एन्डोर्फिन निस्कन थाल्छन् जसले आनन्द र सहजताका भावना ल्याउँछन् । यो उनीहरूका लागि व्यायाम वा मनोरञ्जनको माध्यम हो । कहिलेकाहीँ तपाईंको अनुहारमा खानेकुरा टाँसिन आइपुग्छन् अनि कुकुरलाई त्यो चाटिदिन पनि मन लाग्छ ।

कहिलेकाहीँ तपाईं नुहाएर निस्कँदा कुकुर दौडिँदै आएर तपाईंको खुट्टा चाट्न थाल्छ । तपाईंको खुट्टामा टाँसिएको पानी उसलाई खुबै मन पर्छ ।

अनि खुट्टाबाट पसिना निस्केको छ भने पनि कुकुरलाई त्यो चाट्न मन लाग्छ । तपाईं गर्मीमा पसिना पसिना हुनुभएको छ भने कुकुरले तपाईंलाई चाट्न मन पराउँछ ।

कुकुरले अतिरिक्त ऊर्जा खोज्यो भने सोफा चाट्न थाल्छ । बोर भयो भने कुकुरले जे पायो त्यही चाट्न थाल्छ । उसको आनन्द चाट्नुले पैदा गर्छ ।

दुई मान्छे भेट हुँदा हात मिलाएजस्तै कुकुरहरूले एकअर्कालाई भेट्दा चाट्छन् ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्