१९ असार २०८३, शुक्रबार

स्थानीय निर्वाचनको तयारीमा जुट्ने तीन दलका शीर्ष नेताको निर्णय

कात्तिक २०, २०७४
स्थानीय निर्वाचनको तयारीमा जुट्ने तीन दलका शीर्ष नेताको निर्णय

काठमाडौं, २८ मंसिर — प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच मुलुकलाई निर्वाचन केन्द्रित बनाउने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख तीन दलका शीर्ष नेताबीच मंगलवार बिहान बालुवाटारमा भएको बैठकमा संविधान संशोधन, निर्वाचन लगायत विषयमा सकारात्मक छलफल भएको हो ।

शीर्ष नेताहरूबीच छिट्टै अर्को बैठक बसी विद्यमान राजनीतिक समस्याबारे समाधान खोज्ने सहमति भएको बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताए । संविधान संशोधन प्रस्ताव फिर्ता लिन लागिएको हो भन्ने पत्रकारको प्रश्नमा देउवाले तत्काल फिर्ता नहुने प्रतिक्रिया दिए ।

प्रधानमन्त्री निवास बालुवाटरमा मंगलवार बसेको तीन दलको बैठक । 


बैठकमा प्रचण्ड र देउवाले संसदमा जारी अवरोध हटाउन ओलीसँग आग्रह गरेका थिए । ओलीले भने संशोधन विधेयक फिर्ता भएमा अवरोध हटाउने बताएका थिए ।
बैठकपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गराउने र निर्वाचनसम्बन्धी कानुनको तर्जुमा लगायत विषयमा गम्भीर छलफल भएको प्रतिक्रिया दिए ।
उनले संशोधनलाई थाती राखेर निर्वाचनमा जानुपर्ने आफूले बैठकमा धारणा राखेको बताए । सत्तारूढ दलहरू संशोधन प्रस्ताव थाती राखेर निर्वाचन कानून पारित गर्न सहमत भएको एमाले स्रोतले बतायो ।

प्रमुख नेताहरूको बैठकमा दलीय संवाद जारी राख्दै सहमतिमै राष्ट्रिय समस्याहरूको समाधान खोज्ने समझदारी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा संविधान संशोधन, महाअभियोग प्रस्ताव, तीनै तहको निर्वाचन, निर्वाचन सम्बन्धी कानून, निर्वाचन क्षेत्र निर्धारण लगायतका राजनीतिक सवालमा संवाद जारी राख्ने र सहमतिबाटै निकास खोज्ने समझदारी भएको प्रधानमन्त्रीका सहयोगीहरूले जानकारी दिए ।

स्रोतका अनुसार प्रमुख दलका शीर्ष नेताहरूबीच सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव अहिलेकै अवस्थामा राख्दै संसदको अवरोध हटाई निर्वाचन कानून पारित गर्ने विकल्पमा छलफल शुरू भएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति देउवा र नेकपा (एमाले) का अध्यक्ष शर्मा ओली सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्