१४ असार २०८३, आइतबार

पुनर्निर्माण प्राधिकरण प्रमुख भुसाल ‘जिम्मेवारी मुक्त’

पुनर्निर्माण प्राधिकरण प्रमुख भुसाल ‘जिम्मेवारी मुक्त’

काठमाडौं, २४ असार– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पद मुक्त भएका छन् । तीन वर्षयता प्राधिकरणको नेतृत्व चार पटक फेरिएको छ ।

उनले आइतवारबाट आफू जिम्मेवारीबाट मुक्त भएको बताएका छन् । निर्वाचनका बेला आचारसंहिता लागू भएपछि भएका नियुक्तिहरू खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय आफ्नो हकमा पनि लागू हुने सरकारको आशय पाएको भन्दै जिम्मेवारी छाड्ने निर्णय गरेको उनले बताए ।

उनी गत वर्षको कार्तिक ६ गते सो पदमा नियुक्त भएका थिए । नेपाली कांग्रेस नेतृत्वको सरकारको पालामा नौ महिनाअघि उक्त पदमा नियुक्त भएका भुसालले कांग्रेस सरकारको पालामा चार महिना र त्यसपछि झण्डै पाँच महिना प्राधिकरणमा बिताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्