
काठमाडौं, २४ असार – क्यानडामा अनौठो सोखका कारण तीन युवाको मृत्यु भएको छ । ब्लगर मेगन स्क्र्यापर सुन्दर श्यानन झर्नामा उभिएकी थिइन् । अचानक उनको गोडा चिप्लियो र लडेर उनको मृत्यु भयो ।
उनका साथी रायकर ग्याम्बल र एलेक्से ल्याकले उनलाई बचाउन खोजे अनि पानीमा हाम्फाले । तर पानीको प्रवाह चर्को भएकाले उनीहरूले केही गर्न सकेनन् ।
प्रहरीले बताएअनुसार, असार १९ गते स्क्र्यापर, ग्याम्बल र ल्याक झर्नाको माथिल्लो भागमा पौडिरहेका थिए । स्क्र्यापर खतरनाक स्टन्ट गर्ने क्रममा १०० फीट माथिबाट लडेकी थिइन् ।
यी तीनै युट्युबरहरू हाई अन लाइफ च्यानल चलाउँथे । उनी संसारभरि खतरनाक स्टन्ट गर्दै त्यसको भिडियो बनाउँथे र युट्युबलगायतमा पोस्ट गर्थे । दुर्घटनाअघि उनीहरूले भिडियो खिचेका थिए थिएनन् स्पष्ट भएको छैन ।
एजेन्सी