०९ असार २०८३, मंगलबार

प्याकेजमा समाधान खोज्दै पौडेल पक्ष

असार २५, २०७५
प्याकेजमा समाधान खोज्दै पौडेल पक्ष

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सञ्चालनमा सभापति शेरबहादुर देउवाको कार्यशैली परिवर्तनसहित सबै विषय र मुद्दामा प्याकेज समाधान माग गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेस आन्तरिक कलहमै अलमलिँदा सरकार सर्वसत्तावादी बनेको भन्दै नेता–कार्यकर्ताले मिल्न दबाब दिन थालेपछि पौडेल पक्षले यस्तो माग उठाएको हो ।
पौडेल पक्षकै आग्रहमा सभापति देउवाले केही दिनअघि आफ्नै निवासमा पार्टी शीर्ष नेताहरूको बैठक राखेका थिए । जसमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सभापतिले पार्टी सञ्चालनमा अपनाउँदै आएको कार्यशैली र पद्धति सच्चिनुपर्ने माग गरेका थिए । आजको कान्तिपुर दैनिकमा यसबारे विस्तृत खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्