
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लामा अनशनरत डा. गोविन्द केसीसँग उनका मागका सम्बन्धमा टेलिफोन वार्ता गर्ने हुनुभएको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनशनमा बसेका डा. केसीसँग उनका मागबारे वार्ताको तयारी भइरहेको बालुवाटार स्रोतको दाबी छ । नेपाल चिकित्सक संघमार्फत् प्रधानमन्त्री ओलीले जुम्लामा अनशनमा रहेका डा. केसीसँग सोमबार वार्ता गर्न लागेको बताइएको छ ।
जुम्लामा विगत १० दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनको जीवनरक्षाका लागि भन्दै स्वास्थ्य मन्त्रालयले चिकित्सकको टोली खटाएको छ ।
उपचारमा खटाएका दुई चिकित्सकबाट उनले सेवा लिन अस्वीकार गरेका थिए ।