२० असार २०८३, शनिबार

१५ तस्वीरमा हेर्नुहोस्, प्रधानमन्त्री ओलीको शिरमा श्रीपेच !

असार २५, २०७५
१५ तस्वीरमा हेर्नुहोस्, प्रधानमन्त्री ओलीको शिरमा श्रीपेच !

काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले केपी ओली नेतृत्वको सरकारको विरोध गर्दै प्रदर्शन गरेको छ । 

सोमबार नेविसंघले माइतीघर मण्डलामा सरकारको विरोधमा प्रदर्शन गरेको हो । 

नेविसंघले प्रधानमन्त्री केपी ओली अधिनायकवाद तर्फ अघि बढेको र नयाँ राजा बन्न खोजेको भन्दै नारावाजी गरेका थिए । 

उनीहरुले डा. गोविन्द केसीको समर्थनमा नाराबाजी गरेका थिए । 

ओलीले श्रीपेच लगाएको तस्वीरसहित नेविसंघका कार्यकर्ताले प्रदर्शन गरेका थिए । 

सरकारले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न रोक लगाएको, आफ्नो दलका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले गरेको राजनीतिक नियुक्तिलाई ओलीको वर्तमान सरकारले खारेज गरेसँगै नेविसंघ सरकारको विरोधमा उत्रिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्