०८ असार २०८३, सोमबार

सांसदलाई ओलीको जवाफ – ‘प्रधानमन्त्रीले पनि दूध र चिनी नहालेको चिया खान्छ’

सांसदलाई ओलीको जवाफ – ‘प्रधानमन्त्रीले पनि दूध र चिनी नहालेको चिया खान्छ’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययिताको नीति लिएको बताउनुभएको छ ।

भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन रहेको तथा अनुहार हेरेर नभई कानून हेरेर कारवाही हुने गरेको उहाँको भनाइ छ ।

विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको सोमवार राष्ट्रियसभामा जवाफ दिने क्रममा प्रधामनन्त्री ओलीले सरकारले जनताको करबाट उठेको पैसा दुरूपयोग हुन नदिने बताउनुभयो ।

‘प्रधानमन्त्रीले पनि दूध र चिनीविनाको चिया खान्छ, तपाईंहरू प्रधानमन्त्री कार्यालयमा आउनुभयो भने पनि त्यसैले स्वागत हुन्छ । त्यहाँ भव्य खानेकुराले स्वागत हुँदैन,’ ओलीले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले बजारको मूल्यवृद्धि, जनतालाई मर्कामा पार्ने काम र बेथितिविरुद्ध सरकारले छूट नदिने बताउनुभयो । 

‘सरकार मितव्ययी छ । सदाचारको पक्षमा छ । सदाचार नीति आउनुभन्दा पहिले भुइँचालो आएको छ । धेरै हल्लाखल्ला चलेको छ । सदाचार नै लगाउन खोजिएको हो,’ उहाँले भन्नुभयो ।  

ओलीले सरकार कुनै पनि अनुचित दबाब र जिद्धीसामु नझुक्ने जिकिर गर्नुभयो । ‘कुनै जिद्धी, अहंकार, अनुचित दबाबलाई आफ्नो मार्गदर्शक या बाध्यता ठान्दैन । औचित्यपूर्ण कुरा, सही बाटो तथा देश र जनताको हित यसको

उद्देश्य हो र त्यसमा दृढ छ । सत्यको मार्गमा हिँडन र त्यसलाई नछाड्न दृढ छ,’ ओलीले भन्नुभयो ।

salt training

कमेन्ट गर्नुहोस्