२६ असार २०८३, शुक्रबार

जनता आवास कार्यक्रम प्रदेश स्तरमा विस्तार गरिने

जनता आवास कार्यक्रम प्रदेश स्तरमा विस्तार गरिने

काठमाडौं– शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले संघीयताको मर्मानुसार एकीकृत विकास कार्यक्रममार्फत् जनता आवास कार्यक्रमलाई प्रदेश स्तरमा विस्तार गरिने बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यले उठाएको प्रश्नको आज जवाफ दिने क्रममा उनले जनता आवास कार्यक्रमलाई स्थानीय तहमार्फत् अगाडि बढाइने बताउँदै एकीकृत विकास कार्यक्रम अन्तर्गत १ सय ८५ वटा नगरपालिका विकास अगाडि बढाइएको तथा शहरको फोहोरमैला व्यवःथापन तथा सडकको विकास तथा मर्मतलाई अगाडि बढाइने बताए ।

सुरक्षित आवास विकास कार्यक्रमलाई अगाडि बढाइएको र दाङ जिल्लामा सभाकक्ष निर्माण, स्मार्ट सिटीजस्ता कार्यक्रमलाई प्रभावकारी बनाइएको उनले स्पष्ट गरे । मन्त्री राईले कर्णाली क्षेत्र विशेष बजेटसहित कार्यक्रम अगाडि बढाइने बताउँदै हिमाली विकास कार्यक्रमअन्तर्गत मुगु, हुम्ला र डोल्पाको विकासमा जोड दिइएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्