२५ असार २०८३, बिहीबार

गंगामायाले भनिन्- फाँसीमा झुन्डिएजसरी अनशन बसिरहन कसलाई मन हुन्छ र ?

असार २६, २०७५
गंगामायाले भनिन्- फाँसीमा झुन्डिएजसरी अनशन बसिरहन कसलाई मन हुन्छ र ?

काठमाडौँ - छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै ४६ दिनदेखि आमरण अनशनमा रहेकी गंगामाया अधिकारीले पूर्ण न्याय नमिलेसम्म अनशन नतोड्ने बताएकी छन् । 

हत्याका मुख्य आरोपीमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरेको भोलिपल्ट सरकारका तर्फबाट कानुनसचिव र गृहसचिवको टोलीले सोमबार वीर अस्पताल पुगी गंगामायालाई अनशन तोड्न आग्रह गरेको थियो ।

‘तपाईंको मुख्य माग पूरा भइहाल्यो, अब अरू पनि पूरा गर्दै जान्छौँ, अनशन तोडिदिनुपर्‍यो,’ कानुनसचिव राजीव गौतमले आईसीयूमै पसेर गंगामायालाई भनेका थिए, ‘ज्यान रहे मात्रै न्यायको अर्थ रहन्छ, त्यसैले अब खाइदिनुस् ।’ जवाफमा गंगामायाले यसअघि पनि ६ पटक यसैगरी उधारो अश्वासन दिएर अनशन तोडाएको भन्दै अब आफू नझुक्किने बताइन् ।

‘अरू अपराधी पनि छन्, तिनलाई समातेर ल्याउनुस्, मेरो बेपत्ता छोरालाई खोजिदिनुस्, मेरो बसोबासको व्यवस्था मिलाइदिनुस्,’ उनले भनिन्, ‘त्यसपछि म तपाईंले नखा भने पनि खान्छु, यसरी फाँसीमा झुन्डिएजसरी अनशन बसिरहन कसलाई मन हुन्छ र ?’ कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्