
काठमाडौं– ब्रिटेनमा २४ घण्टाभित्र दुई मन्त्रीले राजीनामा दिएका छन् । ब्रिटेनले युरोपेली संघ इयु छोडेपछि पनि उनीहरूसँग निकट व्यापार सम्बन्ध राख्ने प्रधानमन्त्री टरिजा मेलेको योजनालाई लिएर ती मन्त्रीहरूले राजीनामा दिएका हुन् ।
ब्रेक्जिटका मुख्य वार्ताकार डेभिड डेभिसले राजीनामा दिएपछि विदेशमन्त्री बरिस जोनसनले पनि दिएका हुन् । सोमवारको उतारचढावपूर्ण २४ घण्टामा उनले आफ्नो मन्त्रिपरिषद्का दुई वरिष्ठ मन्त्रीहरू गुमाएकी हुन् ।
मन्त्रीको राजीनामालाई लिएर कन्जर्भेटिभ पार्टीका उच्च नेताहरूले प्रधानमन्त्री टरिजा मेले उनको नेतृत्वमा तत्काल चुनौतीको सामना गर्नुपर्ने बताएका छन् ।