
पाँचथर– पाँचथरमा भएको जिप दुर्घटना १ जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् ।
याङबर गाउँपालिका– ३ चैतेभीरमा मंगलबार बिहान मे १ ज २०५१ नम्बरको जिप दुर्घटना हुँदा च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको हो । घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको । जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ ।