
काठमाडौं – बलिउडमा आलिया भट्ट र रणवीर कपूरको प्रेमको चर्चा मिडियामा छाइरहेको छ । उनीहरूको हालै भाइरल भएको एक फोटोमा महेश भट्ट पनि देखिएका थिए ।
यी तीनले के कुरा गरे होलान् भनी अनुमान लगाइन शुरू गरिएको छ । अब त्यसमा महेशको प्रतिक्रिया आएको छ ।
उनी भन्छन्, ‘मैले ती तस्वीरहरू देख्दा देशले यो खबर जान्न चाहेकाले मिडियाकर्मीहरू घरबाहिर उभिएर तस्वीर लिन थालेछन् भन्ने लाग्यो । त्यसैले धेरै नबोलिकन म मिडियालाई आफैं अनुमान गर्न लगाउँछु कि आलियाका बुवा यसमा सहमत छन् कि छैनन् ।’
महेशका अनुसार, आलिया आफ्नो निजी जीवन सार्वजनिक गर्न चाहँदिनन् । उनले भने, ‘आलिया मेरी ठूली छोरी पूजा जस्ती छैनन् । पूजा सार्वजनिक जीवन बिताउँछिन् । म पहिलेदेखि नै बोलक्कड थिएँ । पूजा मजस्तै छिन् । तर आलिया फरक छिन् ।’
उनी रणवीर कपूरको तारिफ गर्दै भन्छन्, ‘म उनलाई मन पराउँछु । सञ्जू फिल्ममा उनले गरेको अभिनयले म छक्क परें । उनमा अद्वितीय चार्म र ट्यालेन्ट छ । उनी आलिया जस्तै ओरिजिनल अभिनेता हुन् ।’
एजेन्सी