२७ असार २०८३, शनिबार

माओवादी महिलाले खोले एनजिओ, प्रचण्डपुत्री रेणु महासचिव !

कात्तिक २०, २०७४
माओवादी महिलाले खोले एनजिओ, प्रचण्डपुत्री रेणु महासचिव !
काठमाडौं ३ फागुन - माओवादी सशस्त्र जनयुद्धमा रगत र पसिना बगाएका महिलाहरुले अव हिलोमा कमल फुलाउने प्रण गरेका छन् । जनयुद्धवाट हासिल भएका उपलव्धीहरुलाई रक्षा र विकाश गर्ने उदेश्यका साथ परिवर्तनका लागि महिला नेपाल नामक गैरसरकारी संस्थामा गोलवन्द भएका महिलाहरुले यस्तो बताएका हुन् ।
मंगलवार महिलाहरुको आर्थिक क्षेत्रमा सहभागिता अभिवृद्धि सम्बन्धी एक कार्यशालामा वोल्दै परिवर्तनका लागि महिला नेपालकी अध्यक्ष कमला रोकाले सवै क्षेत्रमा रहेका महिलाहरुलाई परिवर्तनको अनुभुति गराउन आफूहरुले उपयुक्त योजनाका साथ काम गर्ने बताईन् ।

आर्थिक रुपमा सवल र सक्षम भएमा मात्र अरु सवै प्रकारका अधिकार पाउन सक्ने भन्दै अव महिला सवै हिसावले आत्मनिर्भर हुनुपर्नेमा पूर्व मन्त्री समेत रहेकी रोकाले जोड दिएकी थिईन् । जनयुद्धमा प्रत्यक्ष सहभागी भएका १३ जना महिला मिलेर यो संस्था गठन गरिएको महासचिव रेणु दाहालले बताइन् ।

संस्थाको अध्यक्षमा कमला रोका, उपाध्यक्ष रेणु चन्द महासचिवमा रेणु दाहाल र सदस्यहरुमा विमला सुवेदी, पार्वती थापा, सुशिला सिंखडा, सावित्री अधिकारी, ज्वाला शाह, रामकुमारी चौधरी, इन्दिरा रोका, टिका बुढाथोकी लगायत रहेका छन् । अंग्रेजीमा वुमेन फर चेन्ज नेपाल नाम राखिएको उक्त संस्थाले गरिवी निवारण कोष संग मिलेर आज पहिलो पटक उक्त कार्यशाला आयोजना गरेको उपाध्यक्ष रेणु चन्दले बताइन् ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले महिलाहरुको आय आर्जन बृद्धि गर्नका लागि त्यस्तै खाले कार्यक्रम ल्याउन सुझाव दिँदै भने — ‘मन्त्रालयमा रकम थुप्रिईरहेको छ, पुँजिगत कार्यक्रमहरु ल्याउनुस र खर्च गर्नुस । खर्च गर्न नसक्नेहरु बजेट माग गर्न नआउनुस ।’

ग्रामिण क्षेत्रका महिलाहरुको सीप र श्रम खेर गईरहेको भन्दै अर्थमन्त्रीले उनिहरुलाई माथि ल्याउन सहयोग गर्न आयोजकलाई आग्रह गरे । त्यसैगरी नेपालमा महिलाको आर्थिक सशक्तिकरणका लागि सुक्ष्म अर्थतन्त्रका अवसर संभावना र चुनौति विषयमा विश्लेषक हरि रोका, सीप विकाश, रोजगार र स्वरोजगारमा राष्ट्रिय अन्तराष्ट्रिय अनुभव वारे राष्ट्रिय योजना आयोगकी सदस्य डा विमला राई र गरिवी निवारण कोषका वारे कोषका कार्यकारी निर्देशक नहकुल केसीले वोलेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्