१३ असार २०८३, शनिबार

जिप भीरबाट खस्यो, एकको मृत्यु, नौजना घाइते

जिप भीरबाट खस्यो, एकको मृत्यु, नौजना घाइते

पाँचथर – पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित चैतेभीरबाट मंगलवार बिहान जिप खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

सो घटनामा च्याङ्थापुका ३५ वर्षीय कैलाश अधिकारीको मृतुभएको र जिपमा सबार अन्य नौजना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार याङ्वरक गाउँपालिकादेखि सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे१ज २०५१ नंको जिप बिहान ८ बजे याङ्वरक–३, चैतेभिरबाट खसेको थियो । 

मध्यपहाडी लोकमार्गअन्तर्गतको कच्ची सडकको चिप्लो बाटोमा जिप चिप्लिएर २५० मिटर तल खसेको बताइएको छ । दुर्घटनाबाट परेका नौमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर ल्याउने काम भइरहेको बताइएको छ । जिपमा १० जना सवार थिए ।

salt training

कमेन्ट गर्नुहोस्