०६ असार २०८३, शनिबार

स्वतन्त्रताविरोधी सरकारी निर्णयविरुद्ध प्रर्दशनमा उत्रिएका अधिकारकर्मी प्रहरी नियन्त्रणमा

स्वतन्त्रताविरोधी सरकारी निर्णयविरुद्ध प्रर्दशनमा उत्रिएका अधिकारकर्मी प्रहरी नियन्त्रणमा

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय स्वतन्त्रताविरोधी निर्णय र स्वेच्छाचारी गतिविधिविरुद्ध सिंहदरवार अगाडि धर्ना दिन गएका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

शान्ति समाजका संस्थापक कृष्ण पहाडीको नेतृत्वमा मंगलवार सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना र प्रदर्शनको तयारी गर्दैगर्दा उनीहरूलाई गिरफ्तार गरिएको हो ।

पक्राउ पर्नेमा पहाडीसहित डा.गंगाधर अधिकारी, उत्तम पुडासैनीलगायत ८ जना रहेको समाजका एक सदस्यले बताए ।

समाजले असार ३० गते शनिवार दिउँसो १ बजे प्रधानमन्त्री निवास वालुवाटार ३ नम्बर गेटअगाडि दोस्रो विरोध प्रदर्शन गर्ने जनाएको छ । यस्तै असार ३२ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनअगाडि प्रदर्शन गर्ने जनाइएको छ ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आधारभूत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी कतिपय निर्णय गरेको भन्दै शान्ति समाजले आधारभूत स्वतन्त्रता र मानव अधिकार संरक्षणका लागि आन्दोलनमा उत्रिनु परेको जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्