२१ जेठ २०८३, बिहीबार

रोकिएन टिप्पर आतंक, जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

रोकिएन टिप्पर आतंक, जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
फाइल तस्वीर

भक्तपुर-  भक्तपुरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा४ख ८७२५ नम्बरको टिपरले आज जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । 

टिपरले बा.८५प. ७१६ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा झापा बिर्तामोड घर भई हाल भक्तपुर नगरपालिका–१ दूधपाटी बस्ने १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका सुवेदीको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । 

दुर्घटनामा घाइते मोटरसाइकल चालक १८ वर्षीय अमन ढुङ्गेलको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ढुङ्गेलको टाउकोमा चोट लाग्नाका साथै बायाँ खुट्टा भाँचिएको भएको छ ।

दुर्घटनामा संलग्न सवारी साधन र टिपर चालक धादिङ ठाक्रे–६ का २७ वर्षीय हरिशरण राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्